नेपाल युवा उद्यमी मञ्च धनगढीको अध्यक्षमा ठाकुर
नेपाल युवा उद्यमी मञ्च धनगढीको प्रथम साधारण सभाले हरीशंकर ठाकुरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ। यस्तै मञ्चको प्रथम उपाध्यक्षमा हीरा भण्डारी, द्धितीय उपाध्यक्षमा ईञ्जिनियर रोशन भट्ट, सचिवमा ईञ्जिनियर तर्कराज भट्ट,सदस्यमा दीर्घराज उपाध्याय,यज्ञराज ओझा,सञ्जय थापा, हेमराज ओझा, टेकराज पनेरु, श्याम पाठक र शिवराज ओझा निर्विरोध चयन भएका छन्।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड थिए भने साधारण सभाको पहिलो सत्र मञ्चका निवर्तमान अध्यक्ष पुष्करराज ओझाको अध्यक्षतामा र दोस्रो सत्र नव निर्बाचित अध्यक्ष हरीशंकर ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो।