सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु

तस्बिर : कृष्णबहादुर धामी
तस्बिर : कृष्णबहादुर धामी
२०८३ साउन १२, ०१:५४ खबर संवाददाता

खलङ्गा (दार्चुला): दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीमामा पर्ने गाडखोलामाथि निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ।

पुलमार्फत खोला तर्दै गरेका मालिकार्जुन गाउँपालिका–८ निवासी अन्दाजी ५६ वर्षीय धनसिंह धामी पुल भाँचिएसँगै खोलामा खसेका थिए। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटनामा उनको ज्यान गएको हाे।

कमेन्ट लोड गर्नुस