अखिल (क्रान्तिकारी) दिपायल सिलगढीको नगर कमिटी अध्यक्षमा भीष्म भट्ट
२०७९ असोज ६, ०८:४५
धनगढी: अखिल (क्रान्तिकारी) दिपायल सिलगढी नगरपालिकाको नगर कमिटी अध्यक्षमा भीष्म भट्ट चयन भएका छन्। उनी सर्वसम्मत रुपमा नगर अध्यक्षमा चयन भएका हुन्।
उपाध्यक्षमा सुरेश नेपाली र मनोज विक, सचिवमा दिव्या सिंह, सह सचिवमा दीपक सिंह ठकुरी र वसन्ती विक र कोषाध्यक्षमा तुल्छी विष्ट सर्वसम्मतले चयन भएका छन्। २५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा गठन गरिएको अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रकाश जोशीले बताए।
कमेन्ट लोड गर्नुस