सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको वनहरा शिविर डुवानमा

२०७९ असोज १, ०७:५४ खबर संवाददाता

धनगढी: कञ्चनपुरको वनहरा शिविर डुवानमा परेको छ। पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती शनिवार बिहानैदेखि डुवानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका हुन्। 

शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने शिविरका ३० भन्दा बढी घर डुवानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० जनालाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको बताएको छ।

वडा नम्बर १२ को वैवाहमा पनि नदीको कटानले बस्ती डुवानको खतरामा रहेको छ। 
 

कमेन्ट लोड गर्नुस