सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक वडा कार्यालयमा तोडफोड

२०७९ भदौ २६, ०५:२० खबर संवाददाता

धनगढी: कञ्चनपुरको एक वडा कार्यालयमा तोडफोड गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा तोडफोड गरिएको हो।

शनिबार राति ढुङ्गा हानेर आफ्नो कार्यकक्षमा तोडफोड गरिएको वडाध्यक्ष कृष्णबहादुर तामाङ्गले बताए। उनले रातिको समयामा जााडरक्सी तथा अन्य नशालु पदार्थ सेवन गरी हिँड्नेहरुले झ्यालमा ढुङ्गा प्रहार गरी तोडफोड गरेको हुनसक्ने बताए। घटना सम्बन्धी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।

कमेन्ट लोड गर्नुस