निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा भट्ट
२०७९ भदौ २६, १०:०४
धनगढी: निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरन्जन भट्ट निर्वाचित भएका छन्। संघको १४ औं अधिवेशनबाट अध्यक्ष पदमा भट्ट निर्वाचित भएका हुन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द, उपाध्यक्षमा देवबहादुर चन्द, महासचिवमा योगेन्द्र ठकुराठी, सचिवमा सुर्यबहादुर चन्द , कोषाध्यक्षमा दिपक भट्ट र सह कोषाध्यक्षमा यज्ञराज विजयी भएका छन्।
कमेन्ट लोड गर्नुस