सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटनामा परि कञ्चनपुरका युवकको मृत्यु 

२०७९ भदौ २४, ०४:५३ खबर संवाददाता

धनगढी: मोटरसाइकल दुर्घटनामा परि कञ्चनपुरका युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा पुर्नवास नगरपालिका–२ बस्ने २८ वर्षीय सुगम तामाङ रहेका छन्। 

शुक्रबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सडकमा ना ४ ख १०६२ नम्बरको ट्रक र उनी सवार सुप्रप्र ०१–११ प २८५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको  प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस