सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानलाई ११-० ले पराजित गर्दै नेपाल क्वाटरफाइनलमा

२०७९ भदौ १४, ०८:१६ खबर संवाददाता

काठमाडौँ: जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा १६ देशका १६ टीमबीच भएको प्रतिष्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ।

नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२, श्रीलंकाले कम्बोडिया लाई २-१ र मंगोलियाले सि आई एस नेशन्सलाई ४-१ ले हराउँदै ग्रुप ए बाट दोश्रो चरणमा प्रवेश गरेका छन्।

कोरियामा जारी उक्त प्रतिष्पर्धात्मक खेलको फाइनल खेल आउँदो सेप्टेम्बर १२ मा योग्सन वर्ल्ड कप रंगशालामा हुँदैछ। 
 

कमेन्ट लोड गर्नुस