सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपीएल: सुदूरपश्चिम र जनकपुर भिड्दै 

२०८३ कार्तिक २४, ०६:५९ खबर संवाददाता

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान बेलुका ५ बजे हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ।

सुदूरपश्चिम यस संस्करणमा ५ खेलबाट ३ जित र २ हारसहित ६ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा छ। यता जनकपुरले ५ खेलबाट २ जित र ३ हारसहित ४ अंक जोडेको छ। अंकतालिकामा पाँचौँ स्थानमा रहेको जनकपुरलाई प्लेअफको सम्भावना कायम राख्न यो खेल जित्नुपर्ने दबाब छ। सुदूरपश्चिमका लागि भने जितले प्लेअफ यात्रालाई थप सहज बनाउनेछ। 

कमेन्ट लोड गर्नुस