सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ 

२०७९ भदौ १३, ०८:२३ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतबाट २०७१/१२/१० गतेको फैसलाले २ महिना १२ दिन कैद ठहर र कुल ८६ हजार ७० जरीवाना फैसला भई फरार रहेका चोरी मुद्धाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय जगदिश भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ। जिल्ला अदालतबाट उनलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस