सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुरामा क्रिकेट टोली छनोट

२०७९ भदौ १३, ११:५९ खबर संवाददाता

डडेल्धुराः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि डडेल्धुरामा क्रिकेट टोली छनोट गरिएको छ। सुनिल तामाङको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो। टोलीमा उपकप्तानको जिम्मेवारी निर्मल रोक्कालाई दिइएको छ।

टोलीमा हरिश चन्द, सचिन मल्ल, सचिन साउँद, आयुशमान शाही ठकुरी, अर्जुन बिक, आदर्श शाहु, इशान पाली, कृष्ण बिष्ट, दिलबहादुर बोहरा, सुनिल भाट (विकेट किपर), रोहीत रोक्का र आशिष शाहु रहेका छन्।

यस्तै बैकल्पिक खेलाडीको रूपमा आशिष ओझा, एसकुमार कठायत, शेष नगरकोटी र सुरेश बोहरा छनोट भएका छन्।

कमेन्ट लोड गर्नुस