नेपालले केन्यालाई ४ विकेटले हरायो
२०७९ भदौ १२, ०७:२४
काठमाडौंः नेपालले केन्यालाई तेस्रो टी-२० आईमा ४ विकेटले पराजित गरेको छ। यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ। यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो। चौथो खेल सोमबार हुनेछ।
केन्याले दिएको १५६ रनको लक्ष्य नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो।
कमेन्ट लोड गर्नुस