सुदूर नेपाललाई विश्वसँग जोड्दै

बीबीएलमा सन्दीपलाई कुनै टिमले लिएनन्

२०७९ भदौ १२, ०५:०० खबर संवाददाता

काठमाडौं : अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन्। आइतबार भएको ड्राफ्टमा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप अनसोल्ड भएका हुन्।

सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी सुवास खकुरेल पनि अनसोल्ड भएका छन्।

बीबीएलको इतिहासमा पहिलो पटक विदेशी खेलाडीलाई ड्राफ्टमार्फत अनुबन्ध गरिएको थियो। जसमा लागि विश्वभरबाट ३३२ खेलाडी नाम दर्ता गराएका थिए। तर २४ विदेशी खेलाडीमात्र ड्राफ्टबाट अनुबन्ध भए। ८ टिमले ३-३ विदेशी खेलाडी लिए।

कमेन्ट लोड गर्नुस