सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद पत्रकार मञ्च कैलालीमा नयाँ नेतृत्व, यस्तो बन्यो टिम 

२०७९ साउन २८, ०३:४० खबर संवाददाता

धनगढीः नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन्। मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

यस्तै मञ्चको प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दीनेशबहादुर बिष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन भएका छन्। यस्तै मञ्चको सदस्यमा निराजन परियार, सविता बुढा, डिल्लीराज ओझा, पाण्डव पुजारा र निर्मला खडायत रहेका छन्। 

यसअघि खेलकुद पत्रकार मञ्चको कैलाली अध्यक्ष सीताराम ओझा थिए। मञ्चको समन्वय शाखा कैलालीले बर्सेनि स्पोर्टस अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस