सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु, 

२०७९ साउन २५, ०५:०४ खबर संवाददाता

काठमाडौं:  कोरोनाभाइरसको संक्रमणबाट थप  तीन जनाको मृत्यु भएको छ भने ८६८ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको स्वाब परीक्षण गर्दा ८६८ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये तीन हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जनामा र तीन हजार ९१ जनाको एन्टिजन परीक्षण गर्दा ३७२ जनामा कोरोना देखिएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ। मंगलबार दुई जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९७७ पुगेको छ।


 

कमेन्ट लोड गर्नुस