सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी दुर्घटना : घाइते बालकसहित तीन जनाको परिचय खुल्यो

२०८३ कार्तिक ४, १०:३२ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा इभी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका तीन जनाको परिचय खुलेको छ।

घाइतेमध्ये एक जना आठ वर्षीय बालक छन्। आज बिहान करिब साढे ८ बजे धनगढी उपमहानगरपालिका–१३ स्थित एयरपोर्ट मोडमा दुर्घटना भएको हो।

कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार जानकी गाउँपालिका–२ का ३० वर्षीय लखन थारुले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १५३० नम्बरको हाइसले धनगढी–१३ का ३३ वर्षीय कैलाश पन्तले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००९ प ९११९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पन्तका आठ वर्षीय छोरा दिवश पन्त र १६ वर्षीय ओमकार भट्ट घाइते भएका छन्। दिवशको शरीरमा भित्री चोट लागेको छ भने भट्टको हात, खुट्टा र छातीमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेको अवस्था मध्यम रहेको र धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालक कैलाश पनि उपचाररत छन्।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल, हाइस र हाइस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस