दोस्रो खेलमा पनि नेपालको जित, श्रीलंका ३–० ले पराजित
काठमाडौंः कप्तान आयुष घलान, कृतिशरत्न छोन्जु र मनग्य नकर्मीले गरेको गोलमा नेपालले बुधबार यू–२० साफ च्याम्पियनसिपमा श्रीलंकालाई ३–० ले हराएको छ।
नेपालले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको थियो। जितसँगै नेपाल शीर्ष स्थानमा पुगेको छ। नेपाल र बंगलादेशको समान ६ अंक भए पनि गोलअन्तरमा नेपाल शीर्ष स्थानमा रहेको हो।
बंगलादेशले आज साविक विजेता भारतलाई २–१ ले हराएको थियो। नेपालले अब आइतबार भारतविरुद्ध खेल्नेछ । श्रीलंकाले माल्दिभ्सविरुद्ध खेल्नेछ।