सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वव्यापी रुपमै बढ्यो कोरोना संक्रमण, मृत्युदर पनि बढ्दै

फाइल फोटो
फाइल फोटो
२०७९ साउन ५, ०७:२२ खबर संवाददाता

काठमाडौंः वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ५ हजार ४७५ जना नयाँ संक्रमित थपिएका छन्।

यही अवधिमा ब्राजिलमा ५६ हजार २५४, भारतमा १६ हजार ४३, फ्रान्समा ८९ हजार ९८२, इटालीमा ८६ हजार ६७ र दक्षिण कोरियामा ७६ हजार ३७८ जना नयाँ संक्रमित थपिएका छन्।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वमा १ हजार ६२७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३ लाख ९३ हजार ८७५ पुगेको छ।

कोरोना संक्रमित भएकामध्ये विश्वभरीमा हालसम्म ५४ करोड १५ लाख २५ हजार ९६२ जना संक्रमणमुक्त पनि भइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस