सुदूर नेपाललाई विश्वसँग जोड्दै

देवी कालीको चुरोट पिएको पोस्टर सार्वजनिक गरिएपछि विवाद, एफआईआर दर्ता

२०७९ असार २२, १०:२०

एजेन्सी: हिन्दु देवी कालीको पहिरन लगाएकी महिलाले चुरोट पिइरहेको पोस्टर र भिडियोलाई लिएर विवाद चर्किएको छ। दिल्ली र उत्तर प्रदेश प्रहरीमा यस मामिलामा उजुरी दर्ता भएको छ।

उत्तर प्रदेश पुलिसले फिल्म निर्माता लीना मणिमेकलाईविरुद्ध आपराधिक षड्यन्त्र, जानाजानी धार्मिक भावनामा चोट पुर्‍याउने, शान्ति भङ्ग गर्ने अभियोगमा मुद्दा दर्ता गरेको हो। यो मुद्दा लखनऊको हजरतगञ्जमा दर्ता भएको हो। एसीपी अखिलेश सिंहले बीबीसीसँगको कुराकानीमा एफआईआरको पुष्टि गरेका छन्।

उही समयमा, राजधानी दिल्लीको पुलिसको आईएफएससी इकाईले पनि आईपीसीको धारा १५३ए र २९५ए अन्तर्गत एफआईआर दर्ता गरेको छ। लीना मणिमेकलाईले जुलाई २ मा आफ्नो फिल्म ‘काली’ को पोस्टर ट्विट गरेकी थिइन्।उनले यो एक प्रदर्शन वृत्तचित्र भएको बताएकी छिन्। सोमबार क्यानडास्थित भारतीय उच्चायोगले पनि उक्त पोस्टरको विरोध गरेको थियो। क्यानडा बाहेक भारतमा पनि यो पोस्टरको विरोध भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस