सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनको याङ्जे नदीमा छोडियो तीन करोड माछा 

२०७९ जेठ २४, ०५:३९ खबर संवाददाता

एजेन्सी: चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको याङ्जे नदीमा सोमबार ३ करोडभन्दा बढी माछा छोडिएको छ। हुबेई प्रान्तीय सरकारका अनुसार यी माछाहरूमध्ये चिनियाँ स्टरगेन र यसबाट सुधारिएको प्रजातिलगायत केही संरक्षित प्रजातिहरू पनि छन्।   

कृषि तथा ग्रामीण मामिला मन्त्रालय, हुबेई प्रान्तीय सरकार र थ्री गर्जेज ग्रुपले संयुक्त रूपमा माछा भण्डार बढाउन र जलीय जैविक विविधताको संरक्षण गर्न यस गतिविधिको आयोजना गरेको थियो। कृषि तथा ग्रामीण मामिलासम्बन्धी प्रान्तीय विभागका अनुसार सन् २०१६ देखि हुबेईले आफ्ना नदी तथा तालहरूमा दुई अरबभन्दा बढी माछाहरू छोडिएको छ।
 

कमेन्ट लोड गर्नुस