सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सबैभन्दा बढी बजेट पाटन नगरपालिकामा

२०७९ जेठ २१, ०३:५३ खबर संवाददाता

बैतडी: बैतडीमा संघीय सरकारबाट सरकारी वित्तीय हस्तान्तरण गरिएको छ। बैतडीका पालिकाहरुमध्ये सबैभन्दा बढी बजेट पाटन नगर नगरपालिकामा ४९ करोड ३६ लाख बजेट आएको छ।

यसैगरी जिल्लाको पुर्चौडी नगरपालिकामा ४८ करोड ४९ लाख बजेट आएको छ। दनपामा ४७ करोड २९ लाख बजेट आएको छ। मेलौली नगरपालिकामा ३८ करोड १५ लाख बजेट आएको छ।

त्यसैगरी  दोगडाकेदार गाउँपालिकामा ३८ करोड ९० लाख बजेट आएको छ। भने डिलाशैनी गाउँपालिकामा ३६ करोड  ४४ लाख बजेट आएको छ।

सुर्नया गाउँपालिकामा ३२ करोड ४० लाख बजेट आएको छ। सिगास गाउँपालिकामा ३२ करोड ३७ लाख बजेट आएको छ। पञ्चेश्वर गाउँपालिकामा  ३० करोड ८४ लाख बजेट आएको छ। यस्तै शिवनाथ गाउँपालिकामा २५ करोड ९९ लाख बजेट आएको बताइएको छ।  

कमेन्ट लोड गर्नुस