कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ
धनगढीः कैलालीको टीकापुरबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–१ एकतानगरस्थित सुरेश विश्वकर्माको घरबाट प्रहरीले ४४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो।
मंगलबार राति लागूऔषध सेवन भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको थियो। प्रहरीले घरधनी २५ वर्षीय सुरेश विश्वकर्मासहित सोही ठाउँका २६ वर्षीय विशाल बिक र २२ वर्षीय वीरेन्द्र बिकलाई पक्राउ गरेको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।