सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री पत्नी आरजुले हालिनन् मत

२०७९ वैशाख ३०, ०५:४५ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्थानीय तहको निर्वाचनमा सहभागी भएकी छैनन्। उनको मतदाता नामावली गृह पालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोलामा छ। 

प्रधानमन्त्री देउवा बिहानै मत खसाल्न गाउँ गएका बेला आरजु भने उनको साथमा गइनन्। यस विषयमा असिग्राम मावि रुवाखोला ‘ख’ का मतदान अधिकृत सुरेन्द्रबहादुर कार्कीसँग बुझ्दा उनले पनि आरजु मत खसाल्न नआएको पुष्टि गरे। सोही मतदान केन्द्रमा प्रधानमन्त्री देउवा र आरजुको नामावली रहेता पनि केवल देउवाले मात्रै मतदान गरेको मतदान अधिकृत कार्कीले बताए। उनले उक्त वडामा मतदान सकिएकाले अहिले मुचुल्का बनाइरहेको जानकारी दिए।    
नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले भने आरजु देउवा मत खसाल्न आएको/नआएको भन्नेबारे जानकारी नभएको बताए। 

आरजु देउवा अहिले काठमाडौंमै रहेको बुझिएको छ। चुनावअघिसम्म सबैलाई निर्वाचनमा सहभागी हुनु भन्दै काँग्रेसको प्रचारप्रसार गरेकी उनले आफ्नो मताधिकार प्रयोग गरेकी छैनन्।  उनी प्रचारप्रसारका लागि गृह जिल्ला डडेल्धुरा समेत गएकी थिइनन्। उनले त्यहाँ पुगेर काँग्रेसका उम्मेदवारका लागि मत मागेकी थिइन्। 

 

 

कमेन्ट लोड गर्नुस