सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुई किशोरीसहित सात जना पक्राउ, ३.२४ ग्राम खैरो हेरोइन बरामद

२०८३ कार्तिक १३, १२:४४ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित एकै दिन सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलाली, प्रहरी चौकी परासन र बागफाँटाको टोलीले दुई किशोरीसहित सात जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ का २२ वर्षीय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित राना रहेका छन्। त्यस्तै, भीमदत्त नगरपालिका–१९ बाट ३४ वर्षीय लछु राना, २७ वर्षीय बलराम राना, १८ वर्षीया लक्ष्मी राना र १८ वर्षीया अनुष्का राना पक्राउ परेका छन्।

प्रहरीले लालझाडी गाउँपालिका–१ बाट २.७५ ग्राम र भीमदत्त नगरपालिका–१९ बाट ४९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। दुवै स्थानबाट बरामद गरिएको लागूऔषधको कुल परिमाण ३.२४० ग्राम रहेको छ।

कमेन्ट लोड गर्नुस