सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुट्दैन भन्छन्

२०७५ माघ २६, ११:३८ खबर संवाददाता

हिजो निर्वाण गर्न सकिएन,
आत्म बिस्वास कहिल्यै गुमेन, उस्को
तर उराली हिन्दा, खुट्टाले चुट्की बजाउथ्यो
दृष्य सुन्दर नै देखे
हृदयले बन्चरो हान्दा,
गाला भरी तपतप थिए स्मुग्ध धारा ।
खै कस्तो पीडा,
८३ हजार मेघावाट क्षमता हँुदाहँुदै
उ अँध्यारो भित्र देखे
१८ घन्टे लोडसेडिङ हुँदा
करेन्ट लागेर मर्छ अर्को
साथी,
नसुनाईदे भैगो त्यो दर्शन
अँध्यारो काटेपछि नै हुन्छ सुनौलो बिहानीको आगमन 
सत्य यही नै हो,
बिन्ती मेरो देश बनाई दे
पुनर्निवार्ण छोडेर राजनितिमा आइज
भोट हाल्न,
मलाई उकुसमुकुस भइरहेछ
किसानको छोरो 
मेरो बाउ, किनेर अनाज खादै छ!!
भन्छौ,
रेमिटेन्सले देश बन्दैन’ चल्छ मात्रै ।
तर मलाई बर्सौ भईसक्यो
लोकसेवा आयोगको गेट धाउँदा धाउँदा
म के गरु,
रङ्गमन्चले कस्लाई तान्दैन र ?
परराष्ट्र मन्त्रालयको चमेना गृहमा सोध
चिया कति बिक्छ भनेर 
आज थाहा पाए,
त्यसै भन्दैन थिईन आमा
आफ्नै देशमा केही गर बाबु
कति जान्ने तिमी,
साइली गीत हेर्न सुन्नै पर्थेन ।
भोग्दा,
थाहा भो बाउको हात त्यसै फुटेको होईन
मलाई यहाँसम्म पुर्याउन कति दुख्यो होला, जिन्दगी
धिक्कार छ मलाई,
७० लागि सक्यो अझै त्यसै छ त्यो हात 
नसोध मलाई,
किन मलिन छौ ? भनेर 
दूध खाने बेला दहीको टीका लाएको थिए 
रङ्गिन नै लाग्थ्यो राप दिने बेला,
पछि थाहा भो बन्दुकको नालबाट निस्केको गोली पो रैछ ।
बाबा,
परिवर्तन बिहान फेरिएझै हुदैन
कसो नआउला हाम्रो पालो
तीन पुस्तासम्म, 
यसरी नै मन्त्री भईरहने भए 
कुण्डली हेरेर ज्योतिषले भनेकै त छ 
मन्त्री बन्छ अरे !!
लावण्य देशमा झै हात्ती पठाए भैहाल्यो ।
भिड उछिनेर आउला 
बहिनी,
तिमि पो थिईनौ माला उन्न
तिहार त धेरै मनाईए जङ्गलमा पटाका फोरेर 
भनुन,
महत्त्व घटे पनि आशिर्वाद पो थिएन 
रङ्गिन खोलाहरु धेरै बगे 
के छ र यहाँ 
सम्झौता हुन सक्दैन ।
भो भुत हुदैन भन्छन
बिर्सि दिउ,
वर्तमान सुधारे भैगो ।
भविष्य निर्वाण गर्न सकिन्छ ।

कमेन्ट लोड गर्नुस