दून एकेडेमीको उत्कृष्ट प्रदर्शन—निरन्तर १००% नतिजासहित गुणस्तरीय शिक्षामा अग्रणी
धनगढी: वि.सं. २०६७ सालमा स्थापना भएको कैलालीको धनगढी–३ स्थित दून एकेडेमीले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। प्राचार्य राम प्रसाद उपाध्यायको नेतृत्वमा विद्यालयले निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।
कक्षा ८ सञ्चालन गरेको एक दशकभन्दा बढी समय बितिसक्दा विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ। विशेषतः २०८१ सालमा १०० प्रतिशत उत्तीर्ण नतिजा र २०८२ मा ४.० GPA सहितको उत्कृष्ट उपलब्धिले विद्यालयको शैक्षिक स्तर झल्काउँछ।
बालमैत्री वातावरण, दक्ष तथा अनुभवी शिक्षक, कम्प्युटर र विज्ञान प्रयोगशाला, पर्याप्त खेल मैदान, व्यवस्थित यातायात सेवा तथा प्रविधिमैत्री शिक्षण प्रणाली जस्ता सुविधाहरूले दून एकेडेमी विद्यार्थी र अभिभावकका लागि आकर्षक शैक्षिक गन्तव्यको रूपमा स्थापित भएको छ।