सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक पुरुष मृत फेला 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ वैशाख ६, १२:४५ खबर संवाददाता

डोटी: डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। पूर्वीचौकी गाउँपालिका–७ पोखरी बस्ने ५५ वर्षीय दिलबहादुर बडेला मृत फेला परेका हुन्।

वैशाख २ गतेदेखि बेपत्ता भएका उनको शव सोही वडाको दाडीया भिरमुनि सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनको खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस