सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमबार पनि सार्वजनिक बिदा

२०८३ कार्तिक २७, ०२:५२ खबर संवाददाता

धनगढी: सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने जनाएको हो ।

छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत समापन गर्ने परम्परा छ । सोही परम्परालाई मध्यनजर गर्दै सरकारले छठको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा उक्त निर्णयबारे जानकारी गराइएको छ ।

कमेन्ट लोड गर्नुस