सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै

२०७८ चैत्र ३०, ०७:३० रासस

मङ्गलबारे : नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ। उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो। 

एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले २० हजारसहित ट्रफी प्राप्त गर्नेछन्। दोस्रोले १५ हजार र तेस्रोले १० हजारसहित ट्रफी पाउनेछन्। प्रतियोगितामा ३० वर्षमाथि उमेर समूहकाले प्रतिस्पर्धा गर्न पाउनेछन्। इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका गरी ५० जनाभन्दा बढीको सहभागिता रहने प्रतियोगिता संयोजक शरण फागोले जानकारी दिए। 

फिक्कल चोक बजारबाट सुरु हुने सो प्रतियोगिता नयाँ चोक–केराबारी–आले–शहीद चोक– १० नम्बर वडा कार्यालय–फिक्कल रिङ रोड, बरबोटे हुँदै चोक बजारमा आएर समाप्त हुनेछ।  ‘स्वास्थ्यका लागि साइकल प्रयोग गरौँ’ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताबाट पर्यटक आकर्षित गर्न सकिने अपेक्षा आयोजकले गरेको छ।
 

कमेन्ट लोड गर्नुस