क्रिकेट संघको महाप्रबन्धकमा खनाल नियुक्त
२०७८ चैत्र २७, ०१:०७
काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक (जनरल म्यानेजर) मा वृत्तान्त खनाल नियुक्त भएका छन्। रौनक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया थालेको थियो।
३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो। त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्मेवारी सम्हाल्ने क्यानले बताएको छ।
कमेन्ट लोड गर्नुस