बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोकका ३३ वर्षीय बज्रसिंह लामालाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनको यही चैत १ गतेको फैसलाले उक्त मुद्दामा आठ दिन कैद र २५ लाख जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको हो।
लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको आफ्नो खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला सुनाएको थियो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ।