सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमको साथ

२०७८ चैत्र २३, ०४:०२ खबर संवाददाता

धनगढी: ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होम जोडिएको छ। धनगढीमा रहेको गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले विधा प्रायोजन गरेर साथ दिएको हो। अवार्डका ८ वटा विधामध्येको स्पेशल अवार्ड विधालाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेर साथ दिएको हो। 

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमका तर्फबाट डाक्टर निराजनदत्त शर्मा पौडेल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष हरि जोशीले हस्ताक्षर गरे। सम्झौतापछि प्रतिक्रिया दिदैं डाक्टर निराजनदत्त शर्मा पौडेलले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए। उनले आफुहरु पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहदैं आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरुलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए। 

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ। एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ। प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन्। त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ। बर्ष युवा खेलाडीलाई निर्ग अस्पताल बर्ष प्रशिक्षकलाई सारथी अस्पताल र सुदूरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ। यस्तै अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ। 

विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ। उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ। 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। 

कमेन्ट लोड गर्नुस