सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्याजदरमा बैंकहरूको ‘सिन्डिकेट’ ले अर्थतन्त्र धरायसी हुदैंछः व्यवसायीहरु

२०७५ माघ १९, ०९:५९ सीताराम ओझा

बजार माग र आपूर्तिका आधारमा ब्याजदर घटबढ हुनु स्वाभाविक भए पनि एकै पटक सबै बैंकहरूले समान दरमा ब्याजदर बढाउनु अस्वाभाविक भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । उनीहरूका अनुसार अहिले बैंकहरूले अल्पकालीन प्रकृतिका आवधिक कर्जाको ब्याजदर र यही बाहनामा केही बैंकहरूले अन्य प्रकृतिका कर्जाको दर पनि दोब्बरले बढाएका छन् ।  ८÷९ प्रतिशत ब्याजदरमा ऋण लिएका व्यवसायीहरुलाई बैंकहरुले अहिले १४÷१५ प्रतिशत ब्याज असुल्न थालेका छन् । बढ्दो ब्याजदरले समग्र अर्थतन्त्रलाई नै धरासयी बनाईरहेको आरोप लगाउँदै व्यवसायीहरुले ब्याजदर घटाउन माग गरेका छन् । 

बैंकहरुले उद्योग धन्दा र व्यवसाय नै बन्द हुने गरी ऋणको ब्याजदर दोब्बरले वढाएपछि त्यसको मार व्यवसायी र उपभोक्राहरुलाई परिरहेको छ । बैंकहरुले तरलता अभावका नाममा ब्याज दर बृद्धि गरेपछि समग्र अर्ततन्त्र नै अप्ठेरोमा पारेको छ । राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड दर) को सीमा समेत नाघ्ने गरि बैकहरुले कर्जाको ब्याज दर वृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले ब्याजदर घटाउनका लागि ध्यानाकर्षण ज्ञापन पत्र बझुाउने लगायतका कार्यक्रमहरु तय गरिएकोले सोही अनुसार अगाडी बढ्ने बताए । 

ब्याजदरमा घटबढ स्वाभाविक भए पनि सबै बैंकले समान दरले बढाउनु स्वाभाविक नभएको व्यवसायीहरु बताउँछन् । बढदो ब्याजदरले लगानी निरुत्साहित गर्ने भएकाले ब्याजदरमा बैंकहरूले ‘सिन्डिकेट’ गर्न खोजेको आरोप बैंकहरुलाई लागेको छ । यसले महँगी समेत बढाउँदा उपभोक्ताहरुलाई पनि त्यसको असर परिरहेको किराना व्यवसायी संघका अध्यक्ष लक्ष्मण पन्तले बताए । बढ्दो ब्याजदरको मार सवै क्षेत्रलाई परिरहेकोले व्यवसायीहरुले त्यसलाई घटाएर ८ प्रतिशत कायम गर्न माग गरेका  छन्। तरलता अभाव र ब्याज दर बृद्धिको समस्या हल गर्न सरकार, राष्ट्र बैंक र सरोकारवालासँग अटोमोवाईल्स व्यवसायी तथा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले आग्रह गरे ।बढ्दो ब्याजदरले उत्तमसिलता र रोजगारीका अवसर सिर्जना हुने बाटोमा समेत अवरोध पुराएको छ । बैंकहरुले नाफामुखी उद्देश्य राखेर समग्र अर्थतन्त्रलाई घरासयी बनाउन लागेको आरोप व्यवसायीहरुको छ । त्यही भएर पनि नियमनकारी निकाय जिम्मेवार हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य गोपाल हमालले बताए । 
बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम अधिक तरलता मा कमी आएसँगै निक्षेपको ब्याजदर बढेको जनाएका छन् । सरकारी खर्च हुन नसकेर ठूलो रकम ढुकुटीमा थन्किएको, कर्जा प्रवाह उच्च दरले बढेको र त्यसको तुलनामा निक्षेप संकलन दर कम भएपछि बैंकहरूमा लगानीयोग्य रकम कम भएको बैंकहरुको तर्क  छ । ब्याजदर बढाउने बैंकहरुको होडबाजी चलेपछि नेपाल राष्ट्र बैंकले व्याजदर वढाउने बैंकहरुलाई बोलाएर सचेत गराएको जनाएको छ । राष्ट्र बैंकले ब्याजदर बढाउने विषयमा संयमता अपनाउन निर्देशन दिएपनि त्यसको कार्यान्वयन भएको छैन् । यस विषयमा बैंकहरुसँग छलफल भईरहेको र चर्को ब्याजदर घटाउन आग्रह समेत गरिएको नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयले जनाएको छ । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस