सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियाद्वारा पपुवा न्यगिनीसामु १९७ रनको लक्ष्य

२०७८ चैत्र १८, ०४:१२ रासस

काठमाडौँ: मलेसियाले त्रिकोणात्मक टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीलाई १९७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो। मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए।

उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै कप्तान अहमद फैजले ६३ रनको योगदान दिए। उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने। जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए।     

बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक÷एक विकेट लिए। अहिले पपुवा न्युगिनी जवाफी व्याटिङमा उत्रेको छ। उसले १३ ओभरमा दुई विकेटको क्षतिमा ११८ रन बनाएको छ। जारी सिरिजमा नेपाल तीन खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ। नेपालले शनिबार चौथो खेल मलेसियासँग खेल्ने छ। 

कमेन्ट लोड गर्नुस