दीपेन्द्रले तोडे पारसको कीर्तिमान
काठमाडौं: दीपेन्द्रसिंह ऐरीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सबैभन्दा धेरै रन बनाउने पारस खड्काको कीर्तिमान तोडेका छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध २१ रन बनाएसँगै दीपेन्द्रसिंहले नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका हुन्।
दीपेन्द्रसिंहले ३६ खेलमा तीन अर्धशतकसहित ८०३ रन बनाएका छन्। पूर्वकप्तान पारसले ३३ खेलमा एक शतक र चार अर्धशतकसहित ७९९ रन बनाएका थिए।