सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा परिषद् डोटीको अध्यक्षमा जोशी

२०७८ चैत्र ८, ०२:३९ खबर संवाददाता

धनगढीः युवा परिषद् डोटीको अध्यक्षमा प्रकाश जोशी नियुक्त भएका छन्। सुदूरपश्चिमका प्रदेश सरकारले जोशीलाई डोटीको अध्यक्षमा नियुक्त गरेको हो।

अखिल क्रन्तिकारी डोटीका अध्यक्षसमेत रहेका जोशीलाई मंगलबार परिषद्को जिल्ला अध्यक्षमा नियुक्त गरिएको प्रदेश सरकारले जनाएको छ।

युवाको क्षेत्रमा काम गर्ने परिषद्को अध्यक्षको जिम्मेवारी पाएपछि थप ससत्त रुपमा सक्रिय भएर लाग्ने जोशीले बताए। जोशी विगतदेखि माओवादी राजनीति र युवाको पक्षमा सक्रिय रहेर काम गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस