सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अध्यक्ष कप भलिबल प्रतियोगिता

२०७८ चैत्र ५, १०:२५ खबर संवाददाता

धनगढी : बैतडीमा अध्यक्ष कप माविस्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ। सुर्नया गाउँपालिकामा शुक्रबारदेखि तेस्रो अध्यक्ष कप मावि स्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको हो। 

गाउँपालिकाको वडा नम्बर ७ स्थित भुवनेश्वर मावि चौथालीको खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ। सुर्नया गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता आउँदो आइतबारसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेता टीमले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टीमले २० हजार, तेस्रो हुने टीमले १५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने टीमले ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बताइएको छ।

कमेन्ट लोड गर्नुस