डोटीमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु
२०७८ चैत्र ५, ०७:५०
धनगढी : डोटीमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार सुपप्र ०१००२ त ६५४२ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा आदर्श गाउँपालिका–२ साउद काँडाका ८ वर्षीय दुरज साउदको मृत्यु भएको हो।
ट्र्याक्टरसहित चालक धनगढी उपमहानगरपालिका-१६ का २२ वर्षीय नवीन चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
कमेन्ट लोड गर्नुस