सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा घाइते पाटे बाघको बच्चाको उद्धार

२०७८ चैत्र १, ०४:५६ खबर संवाददाता

धनगढीः डोटीमा घाइते पाटे बाघको बच्चाको उद्धार गरिएको छ। जिल्लाको केआई सिंह गाउँपालिका ४ वाइल कार्की गाउँमा घाइते अवस्थामा फेला परेको बाघको बच्चाको सकुशल उद्धार गरिएको हो।

प्रहरी चौकी वाइल इन्चार्ज विपिन भण्डारीको नेतृत्वमा गएको टोलीले पाटे बाघको बच्चालाई सकुशल उद्धार गरेको हो। बच्चाको उद्दार गरि जिल्ला वन कार्यालय डोटीलाई बुझाइएको बताइएको छ।

बाघको बच्चाको शरीरमा घाउ देखिएको बताइएको छ।

कमेन्ट लोड गर्नुस