मौसम बदली : दिनभर पानी पर्ने सम्भावना
शुक्रबार देखि नै देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ। पश्चिमी वायुको प्रभावले शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार शनिबार केहीबेर मौसम खुलेपनि फेरि बदली भई पानी पर्नेछ। ठूलो पानी पर्ने सम्भावना भने नरहेको उनले बताए। यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने मौसमविद् प्रधानाङगले बताए।
आइतबारदेखि भने देशभरी कै मौसममा सुधार आउने उनको अनुमान छ। पानी पर्न रोकिएपछि बिहान बेलुकी भने चिसो बढ्नेछ।