सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसीसीविरुद्ध लेखेका स्टाटस मेटाउन माधव नेपालको कडा निर्देशन

२०७८ फाल्गुन २५, ०१:४९ खबर संवाददाता

काठमाडौँः सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता सम्झौता एमसीसीविरुद्ध नबोल्न नेता कार्यकर्तालाई कडा निर्देशन दिएका छन्। बुधबारदेखि राजधानीमा सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले एमसीसीविरुद्ध नबोल्न नेता कार्यकर्ताहरूमा निर्देशन जारी गरेका हुन्। 

गत फागुन १५ गते नेकपा माओवादी केन्द्र र समाजवादी समेतको समर्थनमा संसदबाट एमसीसी पास भइसकेको छ। त्यसअघि यी दुई पार्टी कडा विरोधमा उभिएर कार्यकर्ता पनि सडकमा उतारेका थिए। 'पार्टीको पनि समर्थनमा एमसीसी संसदबाट पास भइसकेको छ। यसबारे पार्टीले औपचारिक निर्णय पहिले नै गरिसकेको छु, नेपालले सम्बोधनका क्रममा भने, 'पार्टीको निर्णय सबैलाई बाध्यकारी हो। एमसीसीविरुद्ध लेखिएका स्टाटस अब मेटाउनुस्।'

अध्यक्ष नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासँगै एमसीसीबारे यसअघि रहेका सबै विरोधाभाष पनि हटिसकेको जिकिर गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस