सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपः महिलालाई प्रवेश निःशुल्क

२०७८ फाल्गुन २४, ०१:२२ खबर संवाददाता

धनगढीः धनगढी रंगशालामा जारी पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत आज (मंगलबार) हुने खेलमा मछिन्द्र फुटबल क्लब र बागमती क्लबबीच प्रतिस्पधा हुनेछ। आयोजक  सुदूरपश्चिम–११ स्पोर्टस क्लबले विज्ञप्ति निकाल्दै फागुन २४ गते परेको नारी दिवसको अवशरमा महिलाहरुलाई प्रवेश निशुल्क गरिएको जानकारी दिएको हो।  

महिला दिवसको अवसरमा सम्पुर्ण नारीहरुलाई सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि फागुन २४ गते मंगलबार  मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको सबैमा जानकारी गराउदछौं, विज्ञप्तिमा भनिएको छ, ‘साथै यस अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनु हुन सबै महिला दिदी बहिनीहरुलाई आग्रह गर्दछौं।’

प्रतियोगिता अन्तर्गत आज मंगलबार मछिन्द्र फुटबल क्लब र बागमती क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल ३ बजेपछि सुरु हुनेछ। आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन्। यस खेलको विजेताले सेमिफाइनलमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ। ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले सिधै क्वाटरफाइनल खेल खेल्न लागेको हो। लिगपछि मछिन्द्रको यो पहिलो मोफसलको प्रतियोगिता हो। बागमतीले एनआरटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराएको थियो। आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन्। यस खेलको विजेताले सेमिफाइनलमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही २५ हजार नगद प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा टिकट दर राखिएको छ। जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ।

कमेन्ट लोड गर्नुस