सुदूर नेपाललाई विश्वसँग जोड्दै

सालकको छालासहित एकजना पक्राउ

। फोटो स्रोत ।
२०७८ फाल्गुन २२, ०७:११ खबर संवाददाता

काठमाडौंः प्रहरीले संरक्षित वन्यजन्तुको सालकको आखेटोपहारसहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका वडा नं. १३ सोल्टीमोडबाट संरक्षित वन्यजन्तुको छाला (आखेटोपहार)सहित काठमाडौंको तारकेश्वर नगरपालिका–१० नेपालटार बस्ने ४० वर्षीय गोपाल बानियाँलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट संरक्षित वन्यजन्तुको २ थान छला, मोबाइल फोन, कालो झोला बरामद गरेको छ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस