सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीबाट चोरी गरी नेपाल भित्र्याइएको हिरा र सुन कञ्चनपुरबाट बरामद

२०८३ वैशाख ३, ०९:०० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर जिल्ला मा भारतको नयाँ दिल्ली बाट चोरी गरी नेपाल ल्याइएको हिरा तथा सुनसहितका बहुमूल्य सामग्री प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–२ बनहरा क्षेत्रबाट उक्त सामग्री आज बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको सामग्रीमा हिरा र सुनसहितका विभिन्न बहुमूल्य सामान रहेका छन्। घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान तथा संलग्नता पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस