सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेर भान्छेको मृत्यु

२०८३ वैशाख ३, ०५:४७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ ।

सरसफाइ गर्ने क्रममा बिहीबार गणको मेसको माथिल्लो तला (छत) बाट खसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भएका २७ वर्षीय प्रहरी कार्यालय सहयोगी अजय चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बिहीबार बिहान ८  बजेतिर  मेशको भान्साको माथिल्लो तलाको छतमा सरसफाइ गर्ने क्रममा खसेर बेहोस भएका चौधरीको शुक्रबार मृत्यु भएको बताए ।

चौधरीको  सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियोे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट लोड गर्नुस