सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको निधन

२०७८ फाल्गुन २१, ०६:२४ खबर संवाददाता

काठमाडौं : अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ। वार्नका व्यवस्थापन टोलीले दिएको जानकारी अनुसार थाइल्याण्डको कोह सामुईमा हृदयघातका कारण ५२ वर्षको उमेरमा उनको निधन भएको हो।

लेजेण्ड लेग स्पिनर वार्नले ७ सय ८ टेस्ट विकेट लिएका थिए। उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन्। सन् २००७ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले २०१३ सम्म फ्रेन्चाईज क्रिकेट खेलेका थिए। वार्नले अष्ट्रेलियाका लागि १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए। उनले १ सय ९४ एकदिवसीयमा २ सय ९४ विकेट लिएका थिए।

कमेन्ट लोड गर्नुस