सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरका पहाडी जिल्लाहरुमा वर्षा संगै हिमपात, जनजिवन कष्टकर

सडकमा हिउ जमेपछि विभिन्न राजमार्गहरु अवरुद्ध

२०७५ माघ ८, ०७:२४ खबर संवाददाता

मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमका अधिकांस पहाडी जिल्लाहरुमा वर्षा संगै हिमपात भएको छ। बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, लगायतका उच्च पहाडी क्षेत्रमा वर्षा संगै हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ। यस्तै दार्चुलाका उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकर लगायतका क्षेत्रमा पनि हिमपात भएको छ।


डडेल्धुराको भिमदत्त राजमार्गको शाहुखर्क, हगुल्टे लगायतका स्थानमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हिमपात भएसंगै पहाडी जिल्लाहरुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ। हिमपातपछि सुदूरपश्चिमका पहाडी जिल्लाका राजमार्गहरु पनि अवरुद्ध भएका छन्।

दशरथचन्द राजमार्ग अन्तरगत डडेल्धुरा र बैतडी समिाना क्षेत्र अनारखोलीमा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि यात्रुहरु पनि समस्यामा परेका छन्। अनारखोली क्षेत्रमा सडक खुलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बाक्लो हिमापतले अवरुद्ध भएको भीमदत्त पन्त राजमार्ग भने सञ्चालन भएको छ। डडेल्धुराको स्याउले आसपासको क्षेत्रको हिउँ हटाएर सडक सुचारु भएको प्रहरीले जनाएको छ। सडक सुचारु गर्न अमरगढी नगरपालिका र सडक विभागका डोजरहरु लगाईएको थियो। उच्च पहाडी क्षेत्रमा अहिले पनि हिमपात जारी रहेको दिनेश खबरका संवाददाताहरुले बताएका छन्। 

कमेन्ट लोड गर्नुस