सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्यक्ष ओलीलाई स्काउटको ‘मेधावी योगदान’ पदक प्रदान

२०७८ फाल्गुन ९, ०९:२५ रासस

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’  प्रदान गरिएको छ। 

आज सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक ओलीलाई नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पु¥याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो।

अध्यक्ष ओली यो पदक प्राप्त गर्ने पहिलो नेपाली रहेका नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले बताए।
 

कमेन्ट लोड गर्नुस