सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगामी स्थानीय तह निर्वाचनमा यसो गरौ !

२०७८ माघ २६, ०६:१७ खबर संवाददाता

आकाश खड्का, धनगढीः सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा गर्ने तयारी थालेको छ। आसन्न निर्वाचनको घोषणासँगै गत स्थानीय तहको निर्वाचनलाइ सम्झिए। 

त्यो बेला स्थानीय तहको चुनाव नजिकिदै थियो। गाउँघरमा चुनावको रौनक गज्जबको थियो। तर, दुखद पक्ष गाउँघरमा दाजुभाई, छिमेकीबीच भने टकराव बढेको देखे। उम्मेद्वारहरुको गाडीमा हाइहुइ व्यापक थियो। विभिन्न एजेण्डाका पहाडसहित अनेकन आश्वासन दिएका थिए उनीहरुले। तर, नागरिकले अहिले आएर खासै केही पाएनन्। पाए त केवल आसेपासे र उनीहरुका कार्यकर्ताले। त्यो बेला स्थानीय तहको निर्वाचनमा असल र कुशल नेतृत्व चुन्न चुकेकोमा अहिले पछुतो बाहेक अरु केही छैन।

परिवर्तन चाहने तर हामीले परिवर्तनको लागि खासै केही गर्न सकेनौं। अहिले त यस्तो देखिएको छ जसले चुनावमा खर्च गर्न सक्छ, उसले जित्ने लगभग निश्चित हुँदो रहेछ। चुनावमा हामी असल जिम्मेवार नागरिक भएर विवेकपूर्ण मतदानमा चुकिरहेका छौ। त्यसैले अब हामीले त्यस्ता मान्छेलाइ जिताउनु पर्छ जो योजना र विकासका एजेण्डासहित जनतामाझ आवस। जनताको दुःख र सुखमा साथ दिने नेतृत्व खोजौ। हाम्रा कच्ची सडकको अवस्था फेर्ने नेता रोजौ। भष्टाचारको निवारण गर्ने  उम्मेदवार चिनौ।

हिजोका गाउँमा सामान्य अवस्था भएकाहरु जनप्रतिनिधि भएपछि घर, घडेरी, सवारी लगायतको सम्पति जोडेर मालिक भए। जनताको स्तर भने उस्ताको उस्तै। तर अब भने आजैदेखि आगामी निर्वाचनमा आफ्नो पार्टी र मान्छे नभनी असल नेतृत्वको पहिचान गर्ने अठोट गरौ।  नागरिकका समस्या, आवश्यकता बुझ्ने जनप्रतिनिधि चुन्न विवेक प्रयोग गरौ। अनी गाउँघर सहर आफै बन्नेछ। 

कमेन्ट लोड गर्नुस