सुदूर नेपाललाई विश्वसँग जोड्दै

विगत १० बर्ष देखि हराएका बाजुराका एक जना भेटिए

२०७५ पुष २१, १०:४७

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ तत्कालीन जुकोट गाविस–६ का देव लुहार बेपत्ता भएको १० वर्षपछि भेटिएका छन्। 
नौ वर्षको उमेरमा २०६५ भदौ १२ गते बेवारिसे अवस्थामा फेला पारिएका लुहारलाई जिल्ला बाल कल्याण समितिका तत्कालीन बालअधिकार अधिकृत सर्पलाल गिरीको पहलमा उद्धार गरी केन्द्रीय बाल कल्याण समिति ,काठमाडौँमा बुझाइएको थियो। 
उनको काठमाडौँमै पालनपोषण भएको थियो। जिल्ला प्रशासन कार्यालय बाजुराले कोल्टीमा नागरिकता वितरणका लागि घुम्ती शिविर आयोजना गरेको थाहा पाएपछि बाजुरा घर हो भन्ने थाहा पाएका लुहार नागरिकता बनाउन काठमाडौँबाट बाजुरा आएका थिए। सो क्रममा उनको परिवार पत्ता लागेको छ र घरमा खुशी छाएको छ।     
घरपरिवार पत्ता लागेपछि स्वामीकार्तिक–३ का वडाध्यक्ष वीरजित कट्टेल, बूढीनन्दा नगरपालिका–४ का अध्यक्ष राजन रोकाया र रेडियो बूढीनन्दाका अध्यक्ष सर्पलाल गिरीको रोहवरमा उनलाई बुवा सर्पलाल लुहारको जिम्मा लगाइएको छ। देव लुहारका आफ्ना परिवारसँग परिचय मात्र भएको छैन, आफ्नै बुबाको नामबाट नागरिकता पाउँदा खुशी भएको उनले प्रतिक्रिया दिएका छन्। रासस

 

कमेन्ट लोड गर्नुस